मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ चैत २० गते सोमबार बाँडफाँड गरेको हो ।
कम्पनीले आफ्नो १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर निष्काशन गरेकोमा उक्त शेयर बाँडफाँड गरेको हो ।
कुल ५ लाख ४२ हजार ५८३ कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गा.वि.स.)का बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता शेयर बिक्री खुल्ला गरेकोमा रितपूवर्क आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको हो ।
उक्त शेयर बाँडफाँँडसम्बन्धी विवरण हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।