ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीद्वारा राजिनामा
२१ चैत्र २०७९, मंगलवार १४:१५
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक विश्व मोहन अधिकारीले राजिनामा दिएका छन् ।
बैंकका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले बैंकको संचालक पदमा लेकसिटी होल्डिङ्स प्रा.लि.का प्रतिनिधि अधिकारीले संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।