एलआइसी नेपालका संचालक बी.सी. पटनायकको कार्यकाल समाप्त
२१ चैत्र २०७९, मंगलवार १४:११
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक बी.सी. पटनायकको पदावधि समाप्त भएको छ ।
कम्पनीको संचालक समितिमा भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया)बाट मनोनित भई पदभार ग्रहण गरेका संचालक समिति सदस्य पटनायकको यहि चैत १७ गतेदेखि कार्यकाल समाप्त भएको हो ।