नियम विपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने बीमा कम्पनीमाथि प्राधिकरणको निगरानी
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। बीमा प्राधिकरणले नियम विपरित काम गर्ने कम्पनीमाथि थप निगरानी राखेको छ।
बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुले अन्डरराईटिङ नै नगरेको पाइएको कारण यी कम्पनीहरुलाई प्राधिकरणले सचेत पत्र पठाएको हो । यी कम्पनीहरुलाई बीमा प्राधिकरणको २०७९ को ऐन अनुसार जरिवाना तिराउने तयारी भईरहेको प्राधिकरणका एक अधिकारीले बताए ।
निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुमा बीमितको आम्दानीको स्रोत नै नखुलाई ठूलो रकम प्रिमियमको बीमा गराएको पाइएको कारण ती कम्पनीहरुलार्य सचेत पत्र पठाइएको हो ।
बीमा ऐन अन्तर्गत २०७९ अनुसार २५ लाख रुपैयाँ वा सो भन्दा माथि बीमांक रकमको पोलिसी बिक्रि गर्दा बीमितको सम्पूर्ण विवरण सपष्ट रुपमा खुलाउनुपर्ने हुन्छ ।
कालोधनको रकम बीमा क्षेत्रमा प्रवेश हुन्छ भन्दै गरिएको कडाईमा कम्पनीहरु फितलो भएसँगै जीवन बीमा कम्पनीहरुलाई कारवाही गर्ने तयारी भएको स्रोतले जनाएको छ।
बीमा क्षेत्रमा कालोधन भित्र्याउन सक्ने भन्दै राष्ट्र बैंकले यसमा कडाई गरेको हो । यस्तो अपराधिक गतिविधि भएको जानकारी भएमा राष्ट्र बैंकमा समेत उजुरी गर्ने व्यवस्था रहेको छ।