रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपाली बजारमा, यस्ता छन् फिचर्स र बजारमूल्य

२१ चैत्र २०७९, मंगलवार ११:११

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुईवटा फोनहरू समावेश छन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो यहि मूल दर्शनलाई झल्काउँछ ।”

शक्तिशाली प्रदर्शनीः
Snapdragon®685 मोबाइल प्लेटफर्मले सुसज्जित, Redmi Note 12 ले मल्टिटास्किङ अनुभव प्रदान गर्दछ जसमा फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी हुन्छ । जहाँ Redmi 12 Pro 5G Mediatek Dimensity 1080 प्रोसेसरद्वारा संचालित छ, यसले कनटेन्ट क्रेटर खेल र 5G जडानको लागि प्रभावशाली भरपर्दो प्रदर्शन प्रदान गर्दछ।

ब्याट्री ब्याकअप तथा चार्जिङः
5000mAh ब्याट्री जडित रेड्मी नोट १२ प्रो ५जी लामो समयसम्म चल्नेछ, जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 67W को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले तपाईंलाई १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ । दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएर्कोै, रेड्मी नोट १२ले MMT टेक्नोलोजीको साथ 33W को फास्ट चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

प्रभावशाली क्यामेरा इनस्टाइलः
रेड्मी नोट १२प्रो मा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसको 1.0μm ठूलो पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । एसको साथै प्रभावशाली 50MP ट्रिपल क्यामेरा सेटअपको साथ, Note 12 ले हरेक परिदृश्य र सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्बिरहरू लिन्छ ।

बजार उपलब्धताः
रेड्मी नोट १२ः 4GB+128GB, 6GB+128GB, 8GB+128GB मा  1TB सम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः रु.२२,९९९, रु.२४,९९९ र रु.२६,९९९ रहेको छ ।

रेड्मी नोट १२ प्रो ५जीः6GB+128GB, 8GB+256GB गरि दुईस्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः रु.३८,९९९ र रु।४१,९९९ रहेको छ ।
साथै, वर्षा राउतद्वारा रेड्मी नोट १२ सिरिज, आज निऊँ रोडको ताम्राकार हाउसमा लन्च हुने भएको छ ।

रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा उपलब्ध हुनेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*