१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२१ चैत्र २०७९, मंगलवार १०:५१
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।
साता कारोबारको दोस्रो दिन अर्थात सोमबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो । ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३९० सय रुपैयाँमा कारोबार भएको थियो ।