कानून विपरित शेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डको कारबाही

नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको छ ।
धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ ।
बोर्डले प्रधानलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सशुासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ ९७० अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।
यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सन्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।
Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
I like the efforts you have put in this, regards for all the great content.