तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२० चैत्र २०७९, सोमबार १५:०३
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित हुन पुगेको छ । सर्वाधिक आज नबिल बैंकको ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको २ करोड ९२ लाख, ग्लोबल आईमई बैंकको २ करोड ५३ लाख, हिमालयन डिष्टिलरीको २ करोड १७ लाख रुपैयाँ र अपि पावर कम्पनीको २ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।