पूँजी बजारका लगानीकर्ताले नयाँ अर्थमन्त्री डा. प्रकाश शरण महतलाई दिए ८१ बुँदे सुझाव

२० चैत्र २०७९, सोमबार १४:२३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेट्दै लगानीकर्ताहरुले ८१ बुँदे सुझाव दिएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् ।

फोरमले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डले तत्काल गरिनु पर्ने कार्य, क्रमिक रुपमा गर्नुपर्ने कार्य धितोपत्र र कम्पनी कानुनमा सुधार कर तथा करका दरमा सुधार, सस्थागत तथा नीतिगत सुधार, लागत तथा तरलता, कारोबार व्यवस्थापन, उपकरण र पूर्वाधारका विषयमा सुझाव दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*