नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
२० चैत्र २०७९, सोमबार १४:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । विन नेपाल लघुवित्त र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत दरका कुल ६७ हजार ६५० कित्ता र आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत दरका कुल १० लाख २० हजार ९९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न पाइनेछ ।