गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ सार्वजनिक, इलामको पर्यटन व्यवसायमा टेवा

२० चैत्र २०७९, सोमबार १२:२१

काठमाडौं । गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । उक्त ‘स्वर्ग सरी इलाम’ बोलको गीतले इलाम जिल्लाको पर्यटन व्यवसाय र संस्कृतिको जोगेर्ना गर्न टेवा पुगेको निर्माताले जनाएका छन् ।

डंगोलको शब्द रहेको सो गीतमा विशन निरौलाको संगीत रहेको छ । गीतमा विशन निरौला र झुमा निरौलाको स्वर रहेको छ । गीतको भिडियो पनि बनेको छ । उक्त गीतको भिडियोको निर्देशन अञ्जन शर्माले गरेका हुन् । उक्त गीतको भिडियोको छायांकन राम केसी र उनको टोलीले गरेका हुन् भने राकेश दाहालले सम्पादन गरेका हुन् ।

भिडियोमा विबास रेग्मी, समजना सापकोटा, दीपक पराजुली, मेनु कुमाइ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*