राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर, आवेदन दिन ३ दिन बाँकि

२० चैत्र २०७९, सोमबार ११:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चैत ३ गते एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । सो सूचनाका आधारमा चैत २३ गते अर्थात बिहिबार सम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह ब्यवस्थापक ८औं तहमा१ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना, चार्र्टर्ड एकाउन्टेडमा १ जना लगायत अन्य पदमा कर्मचारी माग गरेको छ । सो पहहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु तह देखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट https://www.rbcl.gov.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*