घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२० चैत्र २०७९, सोमबार १०:५६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।

अघिल्लो दिन अर्थात आइतबार छापावला सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४१० सय रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*