मर्जरलाई अन्तिम रुप दिन युनियन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले यहि बैशाख ६ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे बस्नेगरी सभा डाकेको हो ।
सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सार्थ यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले यी तीन कम्पनी एकआपसमा गाभ्नेरगाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्धारा तयार गरिएको तीन जीवन बीमा कम्पनीको चलअचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा तीनै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी गाभ्ने गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
साथै सो सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात गठन हुने संचालक समितिमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार संचालक समितिलाई दिने तथा गाभिए पश्चात बन्ने कम्पनीको संचालक समितिमा प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट चयन भई आउने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।
सभाले यूनियन लाइफ इन्स्योरेन्सको साविक संचालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएता पनि गाभिने कार्य सम्पन्न भई साविक तिन वटै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ संचालक समिति गठन भए पश्चात विद्यमान संचालकहरुको कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ संचालक समितिको कार्यकाल समेत गाभिए पछि बन्ने संस्थाको प्रथम बार्षिकबिशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि हुने हुँदा सोहि मुताविक कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संसोधन गरी अधिकृत पूंजी, जारी पूजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि चैत २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।