पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

२० चैत्र २०७९, सोमबार १०:४०

काठमाडौं । आइएमई मोटर्स प्राइभेट लिमिटेडको प्रर्वद्घित अशोक लेल्यान्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो ।

नयाँ सुविधायुक्त सेवा पोखरा, बाग्लुङ राजमार्गको पस्र्याङमा अवस्थित छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् ।

अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*