आइएमई लिमिटेडमा २१ कर्मचारीलाई २० करोड उपहार !

१९ चैत्र २०७९, आईतवार २२:१६

काठमाडौ । चर्चित व्यापारिक घराना आइएमई लिमिटेडले आफ्ना २१ जना कर्मचारीहरुलाई २० करोडभन्दा बढि रकम दिएर भिआरएस सुविधा भन्दै एक महिना छुट्टी दिइएको छ ।

सो कम्पनीमा कार्यरत २१ जना कर्मचारीलाई जनही ८० लाख रुपैयाँ देखि एक करोड २५ लाख रुपैयाँसम्म दिएर भिआरएस सुविधा अन्तर्गत यही चैत्र महिनादेखि अवकास दिइएको हो । तर, अवकास पाएका कर्मचारीहरुले भने अर्को महिनादेखि आइएमई ग्रुपकै अर्को कम्पनीमा काम सुरु हुने बताएका छन् ।

आईपिओ निष्काशनको तयारीमा रहेको कम्पनीले आफ्ना कर्मचारीहरुलाई भिआरएस अन्तर्गत अवकास दिएको भन्दै कर छलीको लागि २१ जना कर्मचारीलाई २० करोडभन्दा बढि रकम खातामा पठाइएको छ । स्रोतका अनुसार ति कर्मचारीहरुलाई वास्तवमै भिआरएस सुविधा दिएर घर पठाइएको होइन ।

आइएमई लिमिटेडमा भिआरएस सुविधा पाएकाहरुलाई पुनः आइएमई ग्रुपकै अर्को कम्पनीमा पठाउन सुरु भइसकेको छ । कम्पनीले हिसाब किताब मिलाउने उद्देश्यले लगानीकर्ताको नाता पर्ने र आफ्ना बनाइएका भित्रियाहरुलाई भिआरएसको नाममा ठूलो मात्रामा रकम वितरण गरिएको हो ।

आइएई लि. रेमिट्यान्स कम्पनी हो । तर, आइएमई मार्फत ग्रुुपका धेरै वटा सार्वजनिक संस्था चलाइदै आएको छ । ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्सलगायतका अन्य थुप्रै कम्पनीहरुमा डिफ्याक्टोहरु रहेका छन् । सो कार्य अब कसरी अघि बढाउनको लागि ग्रुपबाट ठूलो मात्रामा कर्मचारीहरुलाई निकालिएको हो ? भन्ने खुल्न बाँकी छ । यद्यपि कम्पनीबाट झण्डै करोड हात पारेपछि कर्मचारीहरु निकै प्रफुल्ल हुँदै महिनादिने छुुट्टी मनाइरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*