ल्यामपुचेको एघारौं बार्षिक साधारण सभा सम्पन्न, तीन वर्ष कार्यकालको लागि नयाँ कार्यसमिती निर्वाचित

१९ चैत्र २०७९, आईतवार १८:३८

काठमाडौं । ल्यामपुचे (युवा समुह) का एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०४६ सालमा काठमाण्डौको वागबजारमा स्थापना भइ निरन्तर समाजसेवामा सक्रिय भुमिका निर्वाह गर्दै आएको ल्याम पुच अर्थात युवा समुहको एघारौं साधारण सभा चित्लाडमा करिव दुईसय जना विभिन्न जिल्लाका पार्सदहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

आफ्नो स्थापनाकाल देखि सरसफाइ, रक्तदान, भुकम्प, कोरोना जस्ता दैवीप्रकोप तथा आपतको समयमा आफ्नो समाजसेवाको भुमिका अग्रणी रुपमा निर्वाह गर्दै आएको यस संस्थाले मकवानपुर, रुपन्देही, काठमाडौ र उदयपुरगरी चार जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।

हिजो सम्पन्न एघारौं महाधिवेशनको अदक्ष मण्डलका निर्णायक अनुसन्धानकर्ता तथा तथा लेखक त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डिलारामा भण्डारीको नेत्रित्वमा गठित तीन सदस्सीय अदक्ष मण्डल र निर्वाचन प्रमुख दामोदर पौडेले संयुक्तरुपमा एघार जनाको आउने तीन वर्ष कार्यकालको लागि नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।

उक्त कार्यक्रममा अदक्ष मण्डलका निर्णायक डिलाराम भण्डारी तथा निवर्तमान अक्ष्यक्ष सहनसशीला श्रेष्ठले नया कार्य समितीलाई वधाइ तथा शुभकामना दिएका थिए । उप प्राध्यापक भण्डारीले नयां परिवेशमा संस्थाले आफ्नो विधानमा परमिार्जन गर्दै स्थानिय सरकारसग समन्वयन गरी समाजसेवामा निसर्त रुपमा लाग्नुपर्ने धारणा राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*