चौरजहारी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा कम्पनीहरुलाई फण्डको रकम लगानी गर्न नगर प्रमुखको आग्रह

१९ चैत्र २०७९, आईतवार १८:२६

काठमाडौं । नेपाल बीमा प्राधिकरण र सुर्खेतको चौरजहारी नगरपालिकाबीच बीमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चौरजहारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।चौरजहार नगरपालिका नगर प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यमा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीको सभापतित्वमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिमा उक्त नगरपालिकाका उप प्रमुख इश्वरी कुमारी शर्मा र अतिथिमा प्रमुख प्रशासकिय अधिकृत शेयर प्रसाद ढकाल रहेको थियो भने प्रत्येक वडाका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम संचालन प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य बीमा प्राधिकरणका बरिष्ठ सहायक विश्वराजन भट्टराईले दिएका थिए ।

चौरजहार नगरपालिका नगर प्रमुख पुष्प वादीले कार्यक्रममा बीमा कम्पनीहरुले दाबी भुक्तानीमा सरलीकृत गर्ने र बीमा सर्भेयर र कर्मचारीहरु कर्णाली प्रदेशमा अप्रयाप्त भएको गुनासो गरे ।
साथै उनले कार्यक्रममा कर्णाली प्रदेशमा बीमा कम्पनीहरुको फण्डमार्फत विविध क्षेत्रमा लगानी गरेर यहाँको जीवनस्तर उकास्न सहयोग गरे बीमा कम्पनीहरुको भूमिका थप सराहनीय हुने भन्दै बीमा कम्पनीहरुलाई सुझाव दिए।

कार्यक्रममार्फत धेरै कुरा सिक्ने मौका पाएको भन्दै उनले आगामी दिनमा कृषि बीमाको लागि नगरपालिकाले सम्झौता समेत गर्ने आश्वासन व्यक्त गरे ।
कार्यक्रममा बीमा सम्बन्धी जनचेतनामूक बिषयवस्तुहरुको बिषयमा प्रस्तुती दिएको थियो । कार्यक्रममा सहभागीहरुले उपल्ब्धीमूलक ज्ञान सिक्ने मौका दिएकोमा प्राधिकरणको टिमलाई धन्यवाद दिएको थियो ।

कार्यक्रममा नगरपालिकाका सदस्य, वडा कार्यालयका सदस्य, कृषि प्राविधिक, कृषक, शिक्षक, प्रतिनिधि, सहकारीका प्रतिनिधि र बीमा सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*