प्रचण्ड सरकारमा दुई हेल्थ असिस्टेन्ट मन्त्रीको भूमिका, स्वास्थ्यकर्मीद्धय गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. महतको संयोग

१९ चैत्र २०७९, आईतवार १५:३९

काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा सहभागी १७ जना मन्त्री मध्ये दुई जना हेल्थ असिस्टेन्ट रहेका थिए । हाल गृहमन्त्रालयको भूमिका रहेका नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. रामशरण महत हेल्थ असिस्टेन्ट थिए भन्दा जो कोहीलाई पत्यार नलाग्न पनि सक्छ ।


पञ्चायत कालमा २०३२ सालतिर नारायणकाजी श्रेष्ठ हेल्थ असिस्टेन्ट पढेको मात्रै नभई गोरखा पुगेर केही बिरामीको उपचार समेत गरेका थिए । उनी राजनीतिमा आउनु अघि गोरखामा पुगेर अध्यापन पेशमा सक्रिय थिए । सुरुमा नेविसंघमा लागेर राजनीति गरेका श्रेष्ठ अहिले स्वघोषित क्रान्तिकारी पार्टी भनेर चिनिने माओवादीको तर्फबाट गृहमन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् । 


त्यस्तै, अर्का अर्थमन्त्री डा. प्रकाशशरण महत २०३४ सालमा हेल्थ असिस्टेन्ट उत्तिर्ण गरी केही समय स्वास्थ्य उपचारमा संलग्न भएका उनी पछि अर्थशास्त्रमा बिकम हुँदै स्नातकोत्तर र विद्यावारिधि समेत गरेरका नेता हुन् ।


संयोग नै भन्नुपर्दछ, वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा नेविसंघ समर्थित दुई जना हेल्थ असिस्टेन्ट फरक फरक पार्टीबाट मन्त्रीका रुपमा कार्यरत रहेका छन् । दुवै जना अहिले डक्टरेट गरिसकेका क्षमतावान व्यक्ति हुन् । समकालीन नेताहरूका अनुसार दुवैले महाराजगन्जस्थित शिक्षण अस्पतालबाट हेल्थ असिस्टेन्ट उत्तीर्ण गरेका हुन् । हेल्थ असिस्टेन्ट कोर्स गरेकालाई स्नातक तहमा भर्ना हुन पाइने सुविधा उतिबेला थियो । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*