एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
१९ चैत्र २०७९, आईतवार १५:०९
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा भारी गिरावट आएतापनि केहि कम्पनीको शेयर मूल्य बढेको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड १, जिवन बिकास लघुवित्त, एनआइसी एशीया फ्लेक्सी क्याप फण्ड लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।