नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दै, यी दुईबीच कति सम्भव छ ?

१९ चैत्र २०७९, आईतवार १२:२२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दैछन् । यी दुई कम्पनीले मर्जरको लागि विभिन्न कम्पनीहरुसँग चरणवद्ध रुपमा छलफल गरिरहेका छन् ।

त्यस्तै, दुई कम्पनी नै मर्जरको पार्टनर खोजिरहेको हुँदा एक अर्काबीच छलफलमा पनि बसीसकेको छ ।

यी दुई कम्पनीबीच मर्जरको छलफल भएपनि मर्जर कमिटि नै बसेर जाने बिषयमा भने अन्तिम निक्यौल अझै आईपुगेको छैन ।यसअघि आइएमई र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीसँग मर्जर भाडिएपछि कम्पनी यति खेर मर्जरको उपयुक्त पार्टनरको खोजीमा रहेको छ।

आफनो पुरानो साख जोगाउन नाम परिर्वतन नगर्ने शर्तमा कति कम्पनीसँग मर्जरको कुरा अघि बढेपनि बीचमै टुगिने गरेको छ । यति मात्रै नभई सरकारी स्वामित्व पनि भएको कारण कम्पनीको संचालक समितिले मात्रै मर्जरको निर्णय स्वंयम गर्ने जिम्मेवारी कम्पनीलाई छैन ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीलाई यसघि अजोड इन्स्योरेन्सले मर्जर कमिटि बनाएर लैजादै गर्दा बीचमै धोका दिँदा यति बेला कम्पनी थप संयमित बनेको छ। मर्जरको सबै छिनोफानो प्रथम चरणमा नै मिलाएर अघि बढ्ने पक्षमा कम्पनी रहेको छ।
यद्यपि कम्पनीले आफनो बार्षिक साधारणसभामा मर्जरको उपयुक्त पार्टनर पाएमा गर्ने यदि नपाएमा पुँजि पुराउन अन्य विकल्प नै खोज्ने प्रस्ताव राखेको छ।

यी दुबै कम्पनीले हाल मर्जरको लागि उपयुक्त पार्टनर खोज्ने क्रममा एक अर्कासँग छलफलमा बसीसकेको छ। यी दुई कम्पनीबीच मर्जरले मूर्त रुप पाउन वा पाउदैन यो संचालकको हातमा नै भर पर्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*