६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१९ चैत्र २०७९, आईतवार १०:५१
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ ।
अघिल्लो दिन अर्थात शुक्रबार नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।