राम कुमार बिसुङ्केको जीवन बीमा यात्राः आइएमई लाइफमा आबद्धसँगै फेरियो जीवन शैली र भाका
जीवन बीमा पेशा झट्ट सुन्दा आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाई छ । तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो भइरहेको छ । जीवन बीमा पेशामा जति कठिन र अप्ठेराहरु छन्, त्यति नै सुन्दर भविष्य अनि समुन्त जीवन शैली लुकेको छ ।
२०७६ सालबाट बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका राम कुमार बिसुन्के हाल ‘आइएमई लाइफ इन्स्योरेन्स’ कम्पनीमा सक्रिय अभिकर्ताको रुपमा आबद्ध छन् । छोटो समयमा नै बिसुन्केले बीमा क्षेत्रबाट आफ्नो ब्यक्तित्व मात्रै विकास भएको छैन उनको जीवन शैलीमा आएको परिवर्तन र आर्थिक रुपमा हासिल गरेको सम्पन्नताले निकै खुशी पनि छन् ।
आइएमई लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा आबद्ध भएपछि आफ्नो ‘लाइफ स्टाइल’ (जीवन शैली) र भाका नै परिवर्तन भएको उनी बताउँछन् । अहिले उनी आइएमई लाइफ इन्स्योरेन्सको ‘एभरेष्ट टिम’ अन्तर्गत ३०० जनाको लिड गर्ने मध्येका एक हुन् । जुन टिमले कम्पनीको सर्वोत्कृष्ट अवार्ड समेत प्राप्त गरिसकेको छ ।
कम्पनीले दिएको टार्गेट पूरा गरी उनले २०७८ सालमा ‘मलास्लु लिडर्स क्लब’को अचिभ अवार्ड समेत प्राप्त गरिसकेका छन् । २०७७ सालबाट आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा प्रवेश गरेका बिसुन्केले छोटो समयमा नै उल्लेख्य बीमा पोलिसी बिक्री गर्न सफल भएका छन् । उनी भन्छन्, ‘राम्रोसँग बीमाको बारेमा बुझाएर सर्वसाधारणलाई कन्भिन्स गराउन सके बीमा गराउन सकिन्छ, उनी थप्छन्, ‘अबको टार्गेट भनेको २०२४ को एमडीआरटी लक्ष्य हासिल गर्नु हो, जसको नजिक–नजिक पुगिसकेको छु ।’
ग्राहक तथा सर्वसाधारणलाई बीमाको बारेमा सहि सूचना दिने र लिने गरेमा अहिलेको समयमा बीमा गर्नुस् भन्दै नयाँ ग्राहकलाई आग्रह गर्नु नपर्ने उनी बताउँछन् । कम्पनीले भनेअनुसारको रकम छुट्याई दाबी भुक्तानी गरिदिएमा सोही ग्राहकले बीमाको लागि सिफारिस गर्ने समेत उनी बताउँछन् ।
प्रतिस्पर्धात्मक बीमा क्षेत्रमा आइएमई लाइफले नयाँ ब्यवसायमा उल्लेख्य प्रगति गरिरहेको उनी बताउँछन् । उनी भन्छन, ‘यस कम्पनीमा आबद्ध अभिकर्ताहरु पोलिसी बिक्री गर्न र नयाँ ब्यवसाय बढाउन दिनरात लागिपरिरहेका छन् ।’ बीमा कम्पनीमा अभिकर्ताहरु सदैव मेरुदण्डको रुपमा रहने उनको भनाई छ । अभिकर्ताहरुलाई थप प्रोत्साहन गरि कम्पनीले व्यवसाय बढाउन सक्ने बिसुन्के दाबी गर्छन् । उनी भन्छन, ‘बीमा कम्पनीको मेन पिलर भनेको अभिकर्ता हुन्, अभिकर्तालाई अझै थप सेवा सुविधा र विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रम गरेमा बीमा ब्यवसाय बढ्न सक्छ ।’
आइएमई लाइफ इन्स्योरेन्समा आबद्ध भएपछि आफ्नो ‘पर्सनालिटी’ नै परिवर्तन भएको उनी बताउँछन् । उनी भन्छन्, ‘आइएमई लाइफले मलाई सबै थोक दिएको छ’ उनी थप्छन्, ‘व्यक्तित्व विकासका साथै इकोनोमिकल्ली समेत ग्रोथ भएको छ ।’ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुयाललाई उनी प्रेरणाको स्रोत मान्छन् । उनी भन्छन्, ‘सिइओ कवि सर मेरो लागि एक आइडल हुनुहुन्छ, उहाँलाई देख्दा थप काम गर्ने उर्जा आउँछ ।’ साथै आइएमई लाइफमा आवद्ध भएपछी कम्पनीका बागमती प्रदेश प्रमुख चन्द्र प्रदिप भट्टराईले उनलाई यो स्थानसम्म ल्याइपुर्याउन धेरै सहयोग गरेको उनी बताउँछन् ।
कम्पनी स्थापना भएको छोटो समयमा नै ग्राहकहरुको मन जित्न सफल भएको उनी दाबी गर्छन् । कम्पनीको बोनस, सर्भिस, दाबी भुक्तानी, लोन क्लेम, म्याचुरिटी क्लेम जस्ता कुराहरुले गर्दा पनि आज बीमितहरुको आइएमई लाइफप्रति बढी विश्वास बढेको उनी तर्क गर्छन् । आइएमई लाइफ नयाँ ग्राहकहरुमा थप विश्वासिलो बन्दै गइरहेको उनी दाबी गर्छन् ।
आगामी दिनमा सामान्य आयस्तर भएकाहरुको पनि बीमा गराउने उनको लक्ष्य रहेको छ । हरेक व्यक्तिले कमाएको पैसाको कम्तिमा १० प्रतिशत रकम बीमामा बचत गर्न सके भविष्यमा कुनै सरकारी जागिरको पेन्सन वा बृद्धा भत्ता आवश्यक नपर्ने उनी बताउँछन् । साथै ग्रामिण भेगमा गई बीमा सम्बन्धी जनचेतामूलक कार्यक्रम गरी सामान्य आर्थिकस्तर भएकाहरुको समेत बीमा गराउने इच्छा रहेको उनी बताउँछन् ।
कम्पनीमा आबद्ध भएपछि बिसुन्केले आफ्नै साथी दिनेश गिरीको ५० लाख रुपैयाँको पहिलो जीवन बीमा गरिदिएको बताउँछन् । साथै त्यसलगत्तै धेरैको बीमा गराएको उनको दाबी छ । उनी भन्छन्, ‘म मार्केटिङ गर्दा फूल डिभोटेड भएर गर्दछु, बीमा क्षेत्रमा यो ‘स्पीरिट’ ले मलाई थप सहज बनाएको छ ।’ साथै पछिल्लो समय बीमा क्षेत्रमा बीमा अभिकर्ताको लाइसेन्स वितरणमा लापारबाही भएको उनी बताउँछन् । यसलाई न्यूनिकरण गर्न नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सका लागि अनिवार्य परिक्षा दिनुपर्ने र तालिम लिनुपर्ने नीति उपयुक्त रहेको उनी तर्क गर्छन् ।
बीमा क्षेत्रको यात्रा
वि.सं. २०७६ सालमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका राम कुमार बिसुन्के २०४० जेठ २७ गते जन्मिएका थिए । धादिङ्ग जीवनपुर–४ (साविक धुनिबेसी–४) मा जन्मिएका बिसुन्के २०७७ सालमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा प्रवेश गरेका थिए ।
पाँच कक्षासम्म धुनिवेशी–३ धादिङ्गस्थित त्रिकुटेश्वरी प्राथमिक विद्यालयमा पढेका बिसुन्केले आफ्नो स्वास्थ्य स्थितिका कारण २०७५ सालमा मात्रै यशोधारा माध्यमिक विद्यालयबाट एसईई दिएको बताउछन् । त्यसपछि उनले नमुना मछेन्द्र क्याम्पस ललितपुरबाट प्सल टु तह उत्तीर्ण गरे । हाल उनी स्नातक तहमा मानविकी संकायअन्तर्गत आम संचार तथा पत्रकारीता विषय लिएर अध्ययनरत छन् ।
उनी ११ वर्षको हुँदा उनको बुवाको मृत्यु भएको थियो । सानै उमेरमा घरको खम्बा ढलेपछि घरमा आर्थिक स्थितिले पिरोल्न थालेको उनी बताउँछन् । घरमा विभिन्न खालका व्यवहार र जिम्मेवारी उनीमा थपिन पुग्यो । यसै सिलसिलामा घरको व्यवहार धान्न केही गरौंला भन्ने लक्ष्यसहित उनी वि.सं.२०६० सालमा काठमाडौं प्रवेश गरे । ‘सुरुमा जुत्ता व्यवसायको मार्केटिङ गर्न थाले’, उनी भन्छन्, ‘त्यतिले मात्रै जीवनस्तर धान्न धौ–धौ नै थियो ।’
२०६५ सालमा उनी विबाह बन्धनमा बाधिन पुगे । विवाह बन्धनमा बाधिएसँगै उनको आर्थिकस्तरमा समेत केही सुधार आउन थाल्यो । उनी भन्छन् ‘यसरी समय वित्दै गएपछि २०७६ सालमा गोविन्द जोशी सरको थ्रु बाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा पाइला टेके ।’ बीमा क्षेत्रमा प्रवेश गरेसँगै उनको भाग्य नै बदलिएको उनी दाबी गर्छन् ।
लगत्तै २०७७ सालमा नै गोविन्द जोशीमार्फत नै उनी आइएमई लाइफ इन्स्योरेन्समा जोडिन पुगे । अहिले गोविन्द जोशी र उनी आइएमई लाइफको ‘एभरेष्ट टिम’ मा अब्बल अभिकर्ताको रुपमा रहेका छन् । आइएमई लाइफमा जोडिनुको श्रेय उनी आइएमई लाइफका टप एजेन्सि म्यानेजर ‘गोविन्द जोशी’ लाई दिन चाहन्छन् । ‘एभरेष्ट टिमका तीन सय जनाको लिडर मध्ये म पनि एक हुँ’ उनी भन्छन्, ‘एभरेष्ट टिम गत वर्ष मात्रै कम्पनीको वेष्ट अवार्डको दाबेदार घोषित भइसकेको छ ।’
साथै बीमा क्षेत्रमा यसरी निरन्तर खटिन आफ्नी आमा र श्रीमतीको समेत मुख्य योगदान रहेको उनी बताउँछन् । ‘पारिवारिक साथ सर्पोट नभएको भए आज म यो स्थानमा हुँदिनथे’ उनी भन्छन् ‘आज आइएमई लाइफ इन्स्योरेन्सको कारण ‘सोसल्ली र इकोनोमिकल्ली’ रुपमा मेरो धेरै नै ग्रोथ भएको छ ।’
आइएमई लाइफका साथै उनी नयाँ बानेश्वरस्थित स्वर्गद्वारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मार्केटिङ हेडको रुपमा समेत कार्यरत छन् । उनले बीमा अभिकर्ता भएर काम गर्दाको अनुभवले जीवनका हरेक कोणमा सफलता मिलेको बताउँछन् । जीवन बीमा कम्पनीहरु मानिसको व्यत्तित्व विकास र क्षमता विकास गर्ने कारखाना भएको उनको बुझाई छ ।
आगामी दिनमा बीमा क्षेत्रको भविष्य अझै उज्वल देखेका उनले नेपाली बीमा बजारमा अझै धेरै व्यवसाय गरेर जनताको मन जित्दै अघि बढ्ने लक्ष्यमा दृढता व्यक्त गर्दछन् बिसुङ्के । समग्र बीमा क्षेत्रको विकास भएमा मात्रै बीमा अभिकर्ताहरुको भविष्य सुनिश्चित हुने हुँदा जीवन बीमा क्षेत्रका खराव चिजहरुलाई पन्छाउँदै उज्यालो भविष्यतर्फ अगाडि बढ्न सबैलाई आह्वान गर्दछन् ।