सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१८ चैत्र २०७९, शनिबार १२:११

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ८।९८३ प्रतिशत लाभांश पारित गरेको छ ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रूपैयाँको ८।५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०।४४९ प्रतिशतले हुन आउने रकम एक करोड ३५ लाख २२ हजार २१३ रूपैयाँ ४० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ।व। ०७८र७९ को वित्तीय विवरण पारित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*