बीमा अभिकर्ताहरुले कनेक्ट आइपीएसमार्फत यसरी गर्न सकिन्छ लाइसेन्स नविकरण, सरल र झन्झटरहित सुविधा सहित
काठमाडौं । बीमा अभिकर्ताहरुको नविकरणको प्रकृया सुरु भएको छ । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न मिल्ने बनाएको छ ।जसमा बीमा अभिकर्ताहरुले कनेक्ट आइपीएस मार्फत नविकरण गरे सरल र झन्झटरहित सेवा लिन सक्नेछन् । जसमा ‘इ–सर्भिस’ आइकनमा क्लिक गरेर ‘अनलाइन पेमेन्ट सर्भेयर÷एजेन्स’ आइकनमा क्लिक गर्नुपर्नेछ ।
बीमा अभिकर्ताको नविकरणको लागि अभिकर्ता ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढि बीमकमा आबद्ध) भए÷नभएको विवरण हेर्न दिइएको लिन्कमा गई तोकिए बमोजिमको विवरण भर्नु पर्छ ।बीमा प्राधिकरणको बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्नका लागि सबैभन्दा बीमा प्राधिकरणले तोकको अनलाईन भुक्तानी सेवा प्रदायकमा आफ्नो आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस् ।
बीमा प्राधिकरणले तोकको चार अनलाईन भुक्तानी सेवा प्रदायक संस्था संस्थामध्ये कनेक्ट आइपीएसको एप नभए प्ले–स्टोर वा एप्स स्टोरमा गएर डाउनलोड गर्नुहोस् ।डाउनलोड पश्चात आफ्नो इमेल राखेर अकाउन्ट बनाउन सक्नुहुन्छ । अकाउन्ट खातासँग लिंक गर्न एकपटक बैंक जानुपर्छ (नयाँ प्रयोगकर्ताको हकमा) यसरी अकाउन्ट तयार पश्चात तलको प्रक्रिया मार्फत पेमेन्ट गर्न सक्नुहुन्छ ।
बीमा प्राधिकरण लगइन गर्ने,
पेमेन्ट ट्याबको सेमि गभर्मेन्टमा क्लिक गर्ने,
बीमा प्राधिकरणको लोगोमा क्लिक गर्ने,
एजेन्ट वा सर्भेयर कुन हो सोमा क्लिक गर्ने,
अन्य मागेका आफ्ना विवरणहरू सब्मिट गर्ने ।
अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा प्राधिकरणको नयाँ ऐन अन्तर्गत बीमा अभिकर्ताले एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुन पाउनेछन् ।
यस आर्थिक बर्षमा अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएको खण्डमा तीन आर्थिक बर्षसम्म मान्य हुने प्राधिकरणले जनाएको छ।बीमा अभिकर्ता तथा सर्भेयरले नविकरणको प्रकृया खोलेको अवधिदेखि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।
लाइसेन्स नविकरणका लागि बीमा प्राधिकरणमा धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै समितिले अनलाइन प्रणालीको विकास गरेको छ । गत आर्थिक बर्षदेखि अनलाईनबाटै नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था रहेको छ। जीवन बीमा अभिकर्ताले चैत मसान्तसम्ममा वार्षिक नविकरण गराउनु पर्ने हुन्छ । यदि नविकरण भएको छैन भने उक्त अभिकर्ताले पोलिसी बिक्री गर्न पाउदैनन्।