कुशल बीमा प्रशासक राकेश कुमार पोखरेललाई विधावारिधीको उपाधी, लिडरशिप म्यानेजमेन्टमा पाए अवार्ड
काठमाडौं । साविक रिलायन्स लाइफ इन्स्योरेन्सका सिइओ तथा मर्जरपछि एकीकृत कारोबार गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ राकेश पोखरेललाई आज एक समारोहबीच थाइल्याडको राजधानी बैंककमा विद्यावारिधीको उपाधी दिइएको छ । उनलाई फ्रान्सको राजधानी पेरिस मुख्यालय रहेको युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ग्बोबल लिडर्शिप एण्ड म्यानेजमेन्टमा प्रोफेशनल डक्टरेटको उपाधी प्रदान गरेको हो ।
युरोपियन इन्टरनेशनल युनिभर्सिटीले थाइल्याण्डको राजधानी बैंककमा आयोजना गरिएको कन्भोकेशनमा विभिन्न महादेश्का ३० जनालाई उपाधी दिने क्रममा पोखरेललाई समेत उपाधी प्रदान गरिएको हो । नेपाली बीमा क्षेत्रमा खेलेको भूमिका, व्यवसायिक दक्षता, नेतृत्वदायी क्षमताको मूल्याङ्कनसहित पोखरेललाई पिडीको उपाधी प्रदान गरिएको हो ।
यो सगै पोखरेल डाक्टर उपाधी पाउने नेपाली बीमा क्षेत्रका पहिलो बीमा प्रशासक बनेका छन् । डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एवम् ब्यसायिक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पाएका हुन । उपाधी प्रदान गर्ने युरोपियन अन्तर्राष्ट्रिय विश्व विद्यालय फ्रान्सको पेरिस मा अवस्थित छ भने बिश्वको उत्कृष्ट बिजनेस स्कुलभित्र ५५ औ स्थानमा पर्छ ।
सूर्या लाइफबाट बीमा क्षेत्रमा प्रवेश गरेका पोखरेल आइएमई लाइफ हुँदै रिलायन्स लाइफमा सिईओ बन्न पुगेका थिए । उनले चार्टर्ड एकाउन्टेन्ट हुन् । पछिल्लो समय एकेडेमिक अध्ययनको लागि युरोपियन युनिभर्सिटीमा इनरोल भएका थिए ।
सोही समारोहमा ७ औं एक्सिलेन्स ग्बोबल लिडर्शीप अवार्र्ड २०२३ बाट समेत सम्मानित गरिएको छ । डा. अजय देशाई फाउण्डर र पवन मिश्र को फाउन्डर रहेको फेम टाइम्स इन्टरनेशल एक्सिलेन्स अवार्डबाट कदरपत्रसहित सम्मानित गरिएको हो ।