आर्थिक सुधारको लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

सहदेव भण्डारी
१७ चैत्र २०७९, शुक्रबार १८:२२

काठमाडौं । देशको आर्थिक सङ्कटको सामाधानको लागि नीजि क्षेत्र र सरकार मिलेर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । काठमाडौं स्थित प्रदर्शनीमार्गमा रिपोर्टस क्लब नेपालको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सो समारोहमा नीजि क्षेत्रसँग सरकारको निरन्तर सहकार्य रहेको उल्लेख गर्दै अहिले राजस्व संकलनको स्थिती पनि गुणात्मक रहेको बताए । प्रचण्डले भने, ‘देशको आर्थिक विकासमा सबै राजनीतिक पार्टी र आम पत्रकारहरुले सहयोग गर्ने छन् भन्ने विश्वास गरेको छु ।’

साथै प्रधानमन्त्री प्रचण्डले आफुले जनयुद्धदेखि अहिले सम्म जति गाली, ताली, समस्याहरुसँग सामना गर्दै आइरहेको छु त्यस्तै समस्याको सामना ऋषिजीले पनि भोग्दै आएको बताएका छन् । साथै ‘नेपालको पत्रकारिताले राजनीतिक र सामाजिक परिवर्तनमा अहम भुमिका रहेको र पत्रकारको सहकार्य बिना देश विकास गर्न सम्भब रहेको छैन ।’ उनले भने ।

उक्त रजत महोत्सव समारोहमा प्रमुख अथितिको रुपमा प्रधानमन्त्री पुुष्प कमल दहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एस)का नेता झलनाथ खनाल, महन्त ठाकुर लगायतका अन्य आम नागरिक र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*