नयाँ बीमा ऐनको कारण बीमा कम्पनीहरुको नविकरणमा छुट
१७ चैत्र २०७९, शुक्रबार १४:३५
काठमाडौं । अब बीमा कम्पनीहरुले बीमा कम्पनीको दर्ता प्रमाण पत्र नविकरण गनुनपर्ने भएको छ। बीमा प्राधिकरणले एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको दर्ता प्रमाणपत्र नविकरणमा छुटको व्यवस्था गरिएको भन्दै अब उपरान्त बीमा कम्पनीहरुले प्रत्येक बर्ष झै बीमकको दर्ता प्रमाण पत्र नविकरण गनुनपर्ने भएको हो ।
बीमा ऐन २०४९ मा भएको बीमक ईजाजतपत्र नविकरण सम्बन्धी प्रावधान र हाल प्रचलित बीमा ऐन, २०७९ मा नरहेको हुँदा आगामी दिनदेखि कुनै पनि कम्पनीहरुले ईजाजतत्रि नविकरण गर्नु नपर्ने जनाएको छ।
तर प्राधिकरणले बीमा ऐन, २०४९ बमोजिम २०७९ चैत्र मसान्तसम्मको लागि नविकरण हुन बाँकीको हकमा सो अवधिसम्मको लागि नविकरण गनुपर्ने जानकारी सबै बीमा कम्पनीहरुलाई गराएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।