लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौं । लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पेश गर्नेछ । साथै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजानेछ ।
यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरिसकेको छ । यसर्थ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।