फोरजी सेवाका नाममा जनता झुक्याउँदै एनसेल, भ्वाईस कल र एसएमएस सेवा थ्रिजी मात्रै

१७ चैत्र २०७९, शुक्रबार ०९:०५

काठमाडौं । दुर सञ्चार सेवा प्रदायक एनसेलले नेपाली जनतालाई फोरजी भनेर झुक्याउँदै आएको तथ्य बीमापोष्टले फेला पारेको छ । गुणस्तरीय, नेपालको सबैभन्दा उत्कृष्ट गुणस्तर भनेर दावी गर्दै आएको एनसेलले झण्डै सात वर्षदेखि सर्वसाधारणलाई फोरजी भनेर थ्रिजी सेवा प्रवाह गर्दै आइरहेको परीक्षणको क्रममा खुलेको छ । एनसेलको फोरजी सिमकार्डमा इन्टरनेट मात्रै फोरजीमा चल्ने र भ्वाईस कल र एसएमएस सेवा थ्रिजीमा नै चलाएर जनता झुक्याइदै आएको हो । 


सामान्य अवस्थामा एनसेलको सिम फोरजी एलटिई एक्टिभ भइरहेको हुन्छ । जब डाटा चलाइन्छ, फोरजी नेटवर्क भएको स्थानमा फोरजीबाटै डाटा चल्दछ । जब, उक्त फोरजी सिमकार्डमा कल गरिन्छ, तब स्वचालित रुपमा एनसेलको फोरजी सिम युएमटिएस अर्थात थ्रिजीमा रूपान्तरण हुन्छ । युएमटिएस भनेको युनिभर्सल मोबाईल टेलिकम्युनिकेशन सिष्टम तेस्रो जेनेरेशन हो । यो नेटवर्क सिडिएमए र थ्रिजी हो ।


फोरजी सेवा भनेर उपभोक्तासँग महंगो शुल्क लिँदै आएको एनसेलले विगत साढे छ वर्षदेखि आफ्ना एक करोडभन्दा बढि उपभोक्तासँग ठगी गर्दै आएको खुलेको छ । गुणस्तरीय सेवा भनेर महंगो शुल्क लिने तर जनतालाई झुक्याएर फोरजीको नाममा थ्रिजी सेवा प्रवाह गरिरहँदा पनि नेपाल दुरसञ्चार प्राधिकरण भने मौन छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल आफै एनसेलको बचाऊमा काम गर्दै आएका छन् । बीमापोष्टले केही अघि टेलिकम कम्पनीले फोरजी भनेर थ्रिजी सेवा प्रवाह गरिरहेको सम्बन्धमा जिज्ञासा राख्दा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । 


एनसेलले जुन १, २०१७ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा शुभारम्भ गरेको थियो । तर, एनसेलले बिक्री गरेको फोरजी सेवा आंशिक मात्रै सत्य थियो । अर्थात डाटा फोरजीमा थियो भने भ्वाईस थ्रिजीमा । हालसम्म पनि एनसेलले डाटा फोरजी र भ्वाईस र एसएमएस सेवा थ्रिजीमा चलाउँदै आएको छ । 

..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*