फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम र नविकरण बीमाशुल्क घट्यो, ५ कम्पनीको देखियो प्रगति (तथ्यांकसहित)

राजन कठायत
१६ चैत्र २०७९, बिहीबार १७:४६

काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क र नविकरण शुल्क घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ८ दशमलव ११ प्रतिशत र नविकरण शुल्क १२ दशमलव ६० प्रतिशतले घटेको हो ।

संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरु मध्ये फागुन महिनामा ३ कम्पनीहरुको मात्र प्रथम बीमा शुल्क बढेको छ । जसमा प्राइम लाइफको १५ प्रतिशत, सूूर्यज्योति लाइफको १४ दशमलव ६४ प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको ५ दशमलव १४ प्रतिशतले प्रथम बीमा शुल्क बढेको छ ।
माघ महिनाको दाँजोमा फागुनमा १५ जीवन बीमा कम्पनीहरुको भने नयाँ व्यवसाय घटेको तथ्यांकले देखाएको छ ।

 

त्यस्तै, माघ महिनाको तुलनामा फागुनमा संचालित जीवन बीमा कम्पनीहरु मध्ये २ कम्पनीको मात्र नविकरण बीमा शुल्क बढेको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार मेट लाइफको २७ दशमलव ५३ प्रतिशत र रिलायन्स लाइफको ९ दशमलव ८२ प्रतिशतले नविकरण शुल्क बढेको छ ।
अन्य १६ कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन खस्किएको देखिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*