महुली लघुवित्तको १३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा
१६ चैत्र २०७९, बिहीबार ०८:४५
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीको लागि आवेदन दिपश्चात संस्थाले सो वापतको १३ हजार ७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाका शेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता शेयर बिक्रीमा रहेको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक आवेदकले सूचना प्रकाशितको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय अग्नीसाईसर कृष्णासवरण ६, महुली सप्तरीमा आवेदन दिन सक्नेछन् ।