स्वाभिमान लघुवित्तको चन्द्रौटा कपिलवस्तुद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लि। कपिलवस्तु चन्द्रोटा ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा दाबी भुक्तानी गरेको हो ।शिवराज न पा वार्ड नं।८ बिसनपुर बस्ने असरिमा यादवले १ लाख गरि दुई पटक ऋण लिएकोमा कालगतिका कारण मृत्यस भएको थियो ।
उक्त संस्थाले मृतकको घरमा गई ग्रामिण कर्जा बीमा क्षतिपूर्ति बापत रकम वितरण कार्यक्रम संचालन गरेको छ । मृतकका श्रीमान लागाएत समूह मा आबद्ध समपुर्न सदस्य हरु सहभागी भएका थिए।उक्त कार्यक्रमको अध्यक्षता सो वित्तीय संस्था चन्द्रौटा शाखाका प्रमुख राजाराम चौधरी , प्रमुख अतिथिमा वडा अध्यक्ष रिजवान अहमद खान , बिशिस्ट अतिथिमा सोहि संस्था प्रेमनगर शाखा प्रमुख जमुना प्रसाद तेली लगायत करिब २४र२५ जनाको सहभागीता रहेको । कार्यक्रम प्रमुख अतिथि र संस्था का कार्यालय प्रमुख राजाराम चौधरीले संयुक्त रुपमा मृतकका श्रीमान् सदई यादव लाई दुइ लाख साठी हजार मात्रको चेक हस्तान्तरण गरेका छन्।
कार्यक्रम प्रमुख अतिथिले बोल्दै वडा अध्यक्ष रिजवान अहमद खानले स्वाभिमान लघुवित्त वित्तीय संस्थाले समुहमा ऋण प्रवाह गर्ने कार्यले जनताले आफ्नो घर व्यवहार चलाउने कार्य गरिरहेका । बिमा रकम वितरणले दुस्खको समयमा पिडित परिवार लाई मलम लगाउने कार्य गरेको हो । यस्ता बीमा वापतको रकम वितरण गर्ने कार्यले गर्दा गरिब जनता राहत मिल्ने भएकाले संस्था लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै १२स्१५ बजे कार्यक्रम समाप्त भएको थियो। स्वाभिमान लघुवितका कर्मचारी संजय महतो राज ले जनकारी गराएको थियो ।