लुम्बिनी विकास बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
१५ चैत्र २०७९, बुधबार ११:४३
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर।सुपरभाइजर एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर।जुनियर अफिसर।अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
सो पदहरुका लागि बैंकले कम्प्युटर साइन्स विषयमा स्नातक तह उत्तीर्ण र चार्टर्ड अकाउन्टेन्ट विषयमा पढेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत ३० गतेसम्म कम्पनीको वेबसाइट https://career.lumbinibikasbank.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।