लुम्बिनी विकास बैंकद्वारा लाभांश जम्मा गर्न सुरु
१५ चैत्र २०७९, बुधबार ११:२२
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।
हालसम्म पनि शेयर अभौतिककीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।