शिखर इन्स्योरेन्सको १६% बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा
१५ चैत्र २०७९, बुधबार ११:१८
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६% बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।
फागुन १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरिएको र सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमश उक्त बोनश जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म पनि शेयर अभौतिककीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।