मर्जरलाई अन्तिम रुप दिन आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

१५ चैत्र २०७९, बुधबार १०:३२

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न यहि चैत २२ गते बुधबार विशेष साधारण सभा डाकेका हुन् ।

आइएमई जनरल इन्स्योरेन्सको सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे र प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा चैत २२ गते होटेल इच्छा, सिमरा, बारामा बिहान ११ बजे बस्नेछ । दुवैको विशेष सभाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रु्डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै आइएमई जनरल इन्स्योरेन्स र प्रु्डेन्सियल इन्स्योरेन्सबीच एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै आइएमई जनरल इन्स्योरेन्स र प्रु्डेन्सियल इन्स्योरेन्स कम्पनीबीच गाभ्ने।गाभिने प्रयोजनका लागि मुल्याङ्गन कर्ताबाट प्राप्त चल।अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्ने साथै उक्त मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी गाभ्ने।गाभिने कार्यलाई अन्तिम स्वीकृत प्रदान गर्नेछ ।

सो सभाले आइएमई जनरल इन्स्योरेन्स र प्रु्डेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिए पछिको आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडको अर्को साधारण सभा नभएसम्मका लागि यस कम्पनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरूको मनोनयनलाई अनुमोदन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*