प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त
१५ चैत्र २०७९, बुधबार १०:१२
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा मिजास भट्टचन नियुक्त भएका छन् ।
कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकले समूह ‘क’ अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।