दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै यी दुईवटा संस्थाको प्रस्तावित लाभांश पाउनेछन् ।
बिजय लघुवित्त वित्तीय संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २८ गते बिजय विकास केन्द्र गैडाकोट नवलवरासीमा बिहान ११ः३० बजे बस्नेगरी १० औं साधारण सभा आह्वान गरेको छ ।
त्यस्तै, कालिका लघुवित्तले गत आवको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेकोछ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २९ गते होटल टास्क इन्टरनेशनल प्रा।लि।पोखरामा बिहान ९ बजे बस्नेगरी १३औं साधारण सभा डाकेको छ ।