नविकरण बीमाशुल्क वृद्धिदरको आधारमा मेट, रिलायन्स, सन नेपाल, महालक्ष्मी र युनियन लाइफ अग्रस्थानमा, संस्थान सबैभन्दा पछाडि, अन्यको अवस्था कस्तो ?

१४ चैत्र २०७९, मंगलवार १७:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमो ६६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ७५ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

वृद्धिदरको आधारमा हेर्ने हो भने यस त्रैमासमा मेट लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ र युनियन लाइफ अगाडि रहेको छ।यस त्रैमासम्मको आधारमा हेर्ने हो भने नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ अगाडि रहेको छ । टप थ्री कम्पनीलाई पछ्याउदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र युनियन लाइफ अगाडि रहेको छ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मेट लाइफको वृद्धिदर गत आर्थिक बर्षको तुलनामा १७।५० प्रतिशत माथि रहेको छ। दोस्रोमा वृद्धिदरको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ। कम्पनीको वृद्धिदर १६ प्रतिशतले बढेको छ।

त्यस्तै, सन नेपाल लाइफको १५ प्रतिशत, युनियन लाइफको १४ प्रतिशत, प्रभु लाइफको १४ प्रतिशत, रिलायबल नेपाल लाइफको १४ प्रतिशत, सिटिजन लाइफको १४ प्रतिशत, सानिमा लाइफको १४ प्रतिशत, सूर्या ज्योति लाइफको १३ प्रतिशत, प्राइम लाइफको १३ प्रतिशत, नेशनल लाइफको १२ प्रतिशत, एलआईसी नेपालको १२ प्रतिशत, नेपाल लाइफको १२ प्रतिशत, एशियन लाइफको १२ प्रतिशत, गुराँस लाइफको ११ प्रतिशत, आइएमई लाइफको ११ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको वृद्धिदर ३ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*