जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ९३ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)
१४ चैत्र २०७९, मंगलवार १६:००
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा ९३ अर्ब ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा प्र्रथम बीमाशुल्क र नविकरण बीमाशुल्क आर्जन वापत उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।
कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जन वापत १८ अर्ब ५५ करोड रुपैयाँ र नविकरण बीमाशुल्क आर्जन वापत ७५ अर्ब २० करोड रुपैयाँ गरि कुल ९३ अर्ब ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।