भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको शेयर जारी गरेको हो । भूगोल इनर्जीले अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बिक्री गरेकोमा उक्त शेयर चैत १२ गते बाँडफाँड गरिएकोहो ।
कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आइपीओ निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरु सबैलाई आवेदकले माग गरेबमोजिम शेयर बाँडफाँड गरिएको जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयर बाँडफाँड सम्बन्धी जानकारीका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ मार्फत लिन सकिनेछ ।