आइपीओ निष्काशन प्रस्तावसहित डिस मिडिया नेटवर्कले डाक्यो साधारण सभा
काठमाडौं । डिस मिडिया नेटवर्कले साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित यहि चैत २० गते वार्षिक साधारण सभा आह्वान गरेकोछ ।
कम्पनीले जारी पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराइसकेको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँकै दरमा आईपीओ विक्री गर्न निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।