महालक्ष्मी विकास बैंकलाई एक अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति
१४ चैत्र २०७९, मंगलवार १०:५६
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।