हिमालयन डिष्टिलरीसहित यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१३ चैत्र २०७९, सोमबार १५:०५
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
सर्वाधिक हिमालयन डिष्टिलरीको ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ३ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो ।
त्यस्तै, यता जीवन विकास लघुवित्तको ४ करोड ७० लाख, नबिल बैंकको ४ करोड ४ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।