आक्रमक र नयाँ व्यवसाय विस्तार गर्न नेपाल लाइफले ११ ठाउँमा घरजग्गा किन्दै
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका ११ ठाँउमा घररजग्गा खरिद गर्ने भएको छ। कम्पनीले व्यवसाय विस्तारको लागि ११ ठाँउमा घररजग्गा खरिद गर्न लागेको हो।
कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उप–महानगरपालिका, बिर्तामोड नगरपालिका, वीरगञ्ज महानगरपालिका, जनकपुर महानगरपालिका वा बर्दिवास नगरपालिका, भरतपुर महानगरपालिका, बुटवल उप–महानगरपालिका, हेटौंडा उप–महानगरपालिका, धनगढी उप–महानगरपालिका, नेपालगञ्ज उप–महानगरपालिका र वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र घरसहित वा घररहित जग्गाको खरिद गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधीनमा रही कार्यालय तथा व्यवसाय प्रयोजनको लागि घरजग्गा खरिद गर्न आवश्यक भएकाले घररजग्गा बिक्री गर्न इच्छुक व्याक्तिरसंघ संस्थाबाट बिक्री प्रस्ताव दिन आह्वान गरिएको छ।
बिक्रीकर्ताले बिक्री प्रस्तावसहित कम्पनीको केन्द्रीय कार्यालय, क्लासिक कम्प्लेक्समा, कमलादी काठमाडौंमा प्रस्ताव दिन भनेको छ।
कम्पनीले प्रस्तावित घरजग्गा करिब ८ मिटरको मूलसडकसँग जोडिएको हुनुपर्नेछ जनाएको छ।
साथै, घर जग्गाको कित्ता नं। स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश भएको हुनुपर्ने, घरजग्गाको स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नपर्नेछ।
कम्पनीले इच्छुक व्याक्तिरसंघ संस्थाबाट यो सुचना जारी भएको मितिले २१औँ दिन अर्थात वैशाख ३ गतेसम्म कम्पनीको कार्यालय समय भित्र पेश गर्नुपर्नेछ।
.“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु। १५६।४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०।८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७।१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।