ग्लोबल आइएमई लघुवित्तको नगद लाभांश वितरण सुरु
काठमार्डौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण सुर गरेको छ। कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले अनुरोध गरेको छ ।
नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।