नबिल बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण
१३ चैत्र २०७९, सोमबार १०:५२
काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय चैत १२ गते स्थानान्तरण भएको छ । बैंकले महाराजगंज शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकले महाराजगंज–२ काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरण भएको शाखा कार्यालयमा रहेका लकर तथा ग्राहकहरुको खाताहरु सोही शाखा नजिकैको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहेको बैंकले जनाएको छ ।