लयमा फर्कर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१२ चैत्र २०७९, आईतवार ११:२४
काठमाडौं । पछिल्लो समय लगातार बढीरहेको सुनचाँदीको मूल्य लयमा फर्किरहेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार स्थिर रहेको चाँदीको मूल्य आइतबार प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जानाकारी दिएको छ ।