सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१२ चैत्र २०७९, आईतवार १०:५४
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएकोले चैत १२ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएकोछ । सभा आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।